स्याङ्जाको गल्याङमा मेयर र उपमेयर दुवै कांग्रेस विजयी

काठमाडौं – स्याङ्जाको गल्याङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेस निर्वाचित भएको छ । मेयरमा कांग्रेसका गुरुप्रसाद भट्टराई ९ हजार ६२१ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सूर्यप्रसाद गैह्रेले ८ हजार ९२२ मत पाए ।
त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै हेमा न्यौपाने तिमल्सिना ९ हजार ११८ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी देवीसरा थापाले ९ हजार ५५ मत पाइन् ।
तपाइँको प्रतिक्रिया