भरतपुरमा मतान्तर बढाउँदै रेनु, एमालेका सुवेदी २२६७ मतले पछाडि परे

चितवन – भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट उमेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहाल फराकिलो मतान्तरसहित अघि बढेकी छन् । ३२,२९३ मत गणना हुँदा उनले २,२६७ मतको अग्रता बनाएकी हुन् ।
रेनुले ११,९६६ मत पाउँदा एमालेका विजय सुवेदीले नौहजार ९,६९९ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ५,२३५ कटाएका छन् । तस्तै उपमेयर चित्रसेन अधिकारी कांग्रेसबाट १४,१६६ र हिमला गुरुङराप्रपा ७८७० मत प्राप्त गरेका छन् ।
भरतपुर महागरपालिकामा अहिले ८ नम्बर वडाको मतगणना भइरहेको छ । रुखले ६४८ र सूर्यले ५४८ मत पाएका छन् ।
तपाइँको प्रतिक्रिया