माधव नेपालको गृहनगरमा नेकपा एसले जित्यो मेयर र उपमेयर, एमाले चौथो

रौतहट – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा उक्त पार्टीले मेयर र उपमेयर दुबै जितेको छ।
मेयरमा एकीकृत समाजवादीका शम्भु साहले लोसपाका अजयकुमार गुप्तालाई हराएका हुन्। साहले ६३८१ मत ल्याउँदा गुप्ताले ३७५५ मत प्राप्त गरे ।
उपमेयरमा एकीकृत समाजवादीकी शैलकुमारी साहले ४८०९ मतसहित विजयी भएकी छन्। कांग्रेसकी शाहजान खातुनले ३६८५ मत पाइन्। यो पालिकाका ९ मध्ये ६ वडामा पनि एकीकृत समाजवादीले अध्यक्ष जितेको छ।
तपाइँको प्रतिक्रिया