आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । ११औँ अधिवेशनको दोस्रो बैठक दिउँसो १ बस्ने तय छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची छ । हिजोको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
संसद्को बजेट अधिवेशन मंगलबारदेखि सुरु भएको हो । यो बजेट अधिवेशन हो । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले गर्दै आएको संसद् अवरोध हिजोदेखि खुलाएको छ ।राष्ट्रियसभा बैठकमा भने एमालेको अवरोध जारी नै छ । राष्ट्रियसभाको १२औँ अधिवेशनको तेस्रो बैठक भोलि बस्नेछ ।
तपाइँको प्रतिक्रिया