भरतपुर महानगर अपडेट : रेनु दाहाललाई १३९३ मतको अग्रता

चितवन – चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्री रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीसँग मतान्तर बढाएकी छन् ।
ताजा मतपरिणाम अनुसार २६२५८ मत गणना हुँदा रेनुले ९४४७ मत पाएकी छन् । एमाले-राप्रपा गठबन्धनका सुवेदी उनको पछि-पछि छन् ।
सुवेदीले ८०५४ मत पाएका छन् । रेनुले उनीसँगको मतान्तर बढाएर १३९३ पुराएकी छिन् । यस्तै कांग्रेसका बागी जगन्नाथले ४२६५ मत पाएका छन् ।
उता उपमेयरमा नेपाली कांग्रेसका चित्रसेनले अग्रता फराकिलो बनाईरहेकी छन् । हालसम्म उनले ११२६५ मत पाएका छन् । एमाले-राप्रपा गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले ६५७७ मत पाएकी छन् । चित्रसेन हिमला भन्दा ४६८८ मतले अघि छन् ।
हाल भरतपुर ५ को गणना भइरहेको छ । जहाँ वडाध्यक्षमा कांग्रेसको अग्रता छ । कांग्रेसले २०६१ मत पाउँदा एमालेले १७६१ मत पाएको छ ।
तपाइँको प्रतिक्रिया