भरतपुर महानगर : २२,३८७ मत गणना हुँदा विजयभन्दा रेनु ५०४ मतले अगाडि
चितवन – चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्री रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीसँग मतान्तर बढाएकी छन् ।
ताजा मतपरिणाम अनुसार २२,३८७ मत गणना हुँदा रेनुले ७७१४ मत पाएकी छन् । एमाले-राप्रपा गठबन्धनका सुवेदी उनको पछि-पछि छन् ।
सुवेदीले ७२१० मत पाएका छन् । रेनुले उनीसँगको मतान्तर बढाएर ५०४ पुराएकी छिन् । यस्तै कांग्रेसका बागी जगन्नाथले ३६९२ मत पाएका छन् ।
उता उपमेयरमा नेपाली कांग्रेसका चित्रसेनले अग्रता फराकिलो बनाईरहेकी छन् । हालसम्म उनले ९३१६ मत पाएका छन् । एमाले-राप्रपा गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले ५९६५ मत पाएकी छन् । चित्रसेन हिमला भन्दा ३३५१ मतले अघि छन् ।
हाल भरतपुर ५ को गणना भइरहेको छ । जहाँ वडाध्यक्षमा कांग्रेसको अग्रता छ । कांग्रेसले २६१ मत पाउँदा एमालेले २१६ मत पाएको छ ।
तपाइँको प्रतिक्रिया