माओवादीले माडीको मेयर हारेपछि नगर उपाध्यक्षले दिए राजीनामा

चितवन – नेकपा माओवादी केन्द्रका माडी नगर उपाध्यक्ष सन्तोष पनेरुले पदबाट राजीनामा दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा माडीको नगरप्रमुख नेकपा माओवादी केन्द्रका ऋषिराम काफ्ले पराजित भएपछि पनेरुले पदबाट राजीनामा दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै नैतिकताका आधारमा राजीनामा दिएको जनाएका छन् । उनले पार्टीको उम्मेदवारलाई जिताउन नसक्नु र जनताको विश्वास जित्न नसक्नुको जिम्मा आफुले पनि लिने स्टाटसमा भनेका छ्न् ।
काफ्लेलाई नगरप्रमुखको उम्मेदवार बनाउने सिफारिस गराउन पार्टीको माडी नगर कमिटीमा र टिकट दिलाउन केन्द्रमा भूमिका खेल्नेमध्येका एक उनले नगरप्रमुखको पराजयको सन्दर्भमा ‘आफ्नो असक्षमतालाई सुधार्ने कोशिस गर्ने’ भन्दै नैतिकताका आधारमा राजीनामा दिएको जनाएका छन् ।
माडीको मेयरमा माओवादी केन्द्रका काफ्लेलाई हराउँदै नेकपा एमालेकी ताराकाजी कुमारएे महतो विजयी भएकी छन् । उपमेयरमा भने नेपाली कांग्रेसका खेम महतो विजयी भएका छन् ।
तपाइँको प्रतिक्रिया