चितवनको राप्ती नगरप्रमुख र उपप्रमुखमा गठबन्धनको अग्रता कायमै

चितवन – चितवनको राप्ती नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारहरुले अग्रता कायमै राखेका छन् । नगरप्रमुख र उपप्रमुख दुबै गठबन्धनको अग्रता छ ।
राप्ती नगरप्रमुखमा नेकपा एकीकृत समाजवादीका शमशेर लामाले एमालेका गोविन्द कंडेलसँगको मतान्तर फराकिलो बनाइरहेका छन् । ताजा मत परिणाम अनुसार १३ हजार ४६६ मत गणना हुँदा लामाले पाँच हजार ८४१ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याईरहेका एमालेका कंडेलले पाँच हजार ११३ मत पाएका छन् । उनीहरुबीच ७२८ को मतान्तर छ ।
उता उपप्रमुखमा पनि गठबन्धनबाट कांग्रेसका देवेन्द्र लामाले अग्रता लिईरहेका छन् । उनी पाँच हजार ६२० मतसहित अघि छन् । पाँच हजार ५५२ मत प्राप्त गरेका एमालेकी मेनुका पाठक उनको पछि-पछि छन् ।
तपाइँको प्रतिक्रिया