भरतपुर ५ को वडाध्यक्षमा कांग्रेसका युद्द श्रेष्ठ विजयी

चितवन – भरतपुर महानगरपालिका वडा नं. ५ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस उमेद्वार युद्द श्रेष्ठले विजयी भएका छन् ।श्रेष्ठले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेद्वार पदमपाणी सुवेदीलाई हराएका हुन् ।
नेपाली कांग्रेस उमेद्वार युद श्रेष्ठले २०७२ मत पाउदा एमालेका उमेद्वार पदमपाणी सुवेदीले १९५१ मत पाएका छन् ।युद्दले वडा नं. ५ को वडाध्यक्षमा १२१ मतान्तरले जितेका छन् ।
पदमपाणी सुवेदीले यसअघिको चुनावमा नेपाली कांग्रेसका भक्ति प्रसाद गौतमलाई ९१ मतले वडाध्यक्ष पराजित गरेका थिए ।वार्डमा ६४४२ मतदाता रहे पनि ४५९४ मत खसेको छ ।
यो सगै भरतपुरको अहिले सम्म ५ वार्डको मतगणना सकिएको छ ।अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ ४ र ५ गरेर ४ वटा वार्ड जितेको छ भने एमालेले वडा न. ३ जितेको छ ।मेयरमा भने रेनु दाहालको अग्रता कायमै रहेको छ ।
तपाइँको प्रतिक्रिया