माडी वडा नं ४ को वडा अध्यक्षमा माओवादी केन्द्रका माधव चापागाई विजयी

चितवन – माडी नगरपालिका वडा नं ४ को वडा अध्यक्ष मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका माधव चापागाई विजयी हुनुभएको छ । चापागाई संगै सो वडामा गठबन्धनका प्यानल नै विजयी भएको छन् । चापागाईले १७५ मतान्तर सहित एमाले – राप्रपा गठबन्धन अन्तर्गत एमालेका उम्मेदवार रामेश्वर महत्तोलाई पराजित गर्नु भएको हो। महत्तोले ७४८ मत प्राप्त गर्दा चापागाईले ९२३ मत सहित विजयी हुनु भएको छ।
।
सो वडामा नगरप्रमुखमा भने बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत माओवादी केन्द्रले ८२१ मत पाउँदा एमाले राप्रपा गठबन्धनले ७२ मत बढी अर्थात ८९३ मत पाएको छ । उपमेयरतर्फ काँग्रेसले ८२१ र राप्रपाले ३७७ मत पाएको छ भने स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले १४२ मत र टिका न्यौपानेले १६ मत पाउनुभएको छ ।
तपाइँको प्रतिक्रिया