अर्थमन्त्री जनार्दन शर्माको वडामा कांग्रेसको जित

काठमाडौं – अर्थमन्त्रीसमेत रहेका नेकपा (माअोवादी केन्द्र)का नेता जनार्दन शर्माको वडामा कांग्रेसले जितेको छ ।शर्माको गृहनगर मुसीकोट नगरपालिका–५ रुकुम पश्चिममा कांग्रेसका उम्मेदवार समिरजंग मल्ल निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृको कार्यालेले दिएको जानकारीअनुसार मल्ल ५०८ मत ल्याएर विजयी भए । माओवादी केन्द्रका सुशील गौतमले ४२४ मत पाए । गौतम २०७४ मा वडाध्यक्षमा निर्वाचित भएका थिए ।कांग्रेस–एमाले गठबन्धन रहेको वडामा ४ जना सदस्य पनि त्यही प्यालनबाट निर्वाचित भएका छन् ।
तपाइँको प्रतिक्रिया