भरतपुर अपडेट : विजय सुवेदी भन्दा रेनु दाहाल १२ मतले अगाडि

चितवन – भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई उछिनेकी छन् ।
पछिल्लो परिणाम अनुसार १५०३१ मत गणना हुँदा रेनुले ५०३९ मत प्राप्त गर्दै अग्रता लिएकी छन् । निकटतम प्रतिद्धन्दी विजयले ५०२७ मत पाएका छन् । यस्तै कांग्रेसका बागी जगन्नाथ पौडेलले २३५५ मत ल्याएका छन् । रेनु र विजयमा १२ मतको फरक परेको छ ।
त्यस्तै उपमेयर काङेशका चित्रसेन अधिकारी ६०४३ र हिमला गुरुङ ४०४२ मत प्राप्त गरेका छन् ।
तपाइँको प्रतिक्रिया