चितवनको इच्छाकामनामा रुख र बिजुलीको पोल ढल्यो, सडक अवरुद्ध

चितवन – हावाहुरीसहितको वर्षाका कारण रुख र बिजुलीको पोल ढल्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
आज (सोमबार) साँझ ५:३० बजे चितवनको इच्छाकामना गाउँपालिका ५ पानीधारमा रुख र बिजुलीको पोल ढलेको हो । रुख र पोल ढल्दा पृथ्वी राजमार्गमा पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
नेपाल प्रहरी, शशस्त्र प्रहरी, विद्युत प्राधिकरण र स्थानीयको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया