माडी ७ को वडाध्यक्षमा नेकपा एसकी बानियाँ निर्वाचित

चितवन – चितवनको माडी नगरपालिका ७ को वडाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएकी छिन् ।
गठबन्धनबाट एकीकृत समाजवादीकी चन्द्रा बानियाँ वडाध्यक्षमा विजयी भएकी हुन् । बानियाँले नेकपा एमालेका बिष्णु आचार्य र राप्रपाका उम्मेदवार रामकृष्ण क्षेत्रीलाई झिनो मतान्तरले पराजित गरे ।
नेतृ बानियाँ एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेकी थिईन् । उनीसँग स्थानीय सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष एवं तात्कालीन नेकपा एमाले कल्याणपुर पार्टी अध्यक्षका रुपमा काम गरेको अनुभव छ ।
तपाइँको प्रतिक्रिया