भरतपुर अपडेट : विजयसँग मतान्तर घटाउँदै रेनु

चितवन – भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल र एमाले राप्रपाका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार रेनुले विजयसँगको मतान्तर घटाएकी छिन् । १४ हजार ६३० मतगणना भइसक्दा विजयले चार हजार ९१५ मत पाएका छन् ।
यस्तै रेनुले चार हजार ८९८ मत पाएकी छिन् । रेनुले विजयसँग मतान्तर घटाएर १७ मा झारेकी छन् । उता कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार २७५ मत पाएका छन्
तपाइँको प्रतिक्रिया