भरतपुरको मेयरका तीन प्रतिस्पर्धी : कसले ल्याए कति मत ?

चितवन – चितवनको भरतपुर महानगरपालिका प्रमुखका लागि तीन उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।
सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । यो प्रतिस्पर्धामा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल पनि रहेका छन् ।
हालसम्म भरतपुर १, २, र ३ को गणना सकिएको छ भने ४ को गणना भइरहेको छ । ताजा मत परिणाम अनुसार यि तीन उम्मेदवार मध्ये एमालेका सुवेदी अग्रस्थानमा रहेका छन् ।
१३ हजार ७६५ मत गणना भईसक्दा सुवेदीले चार हजार ६८८ मत पाएका छन् । उनलाई गठबन्धनकी उम्मेदवार दाहालले पछ्याईरहेकी छन् । उनले चार हजार ६२० मत पाएकी छन् । यस्तै कांग्रेसका बागी पौडेलले दुई हजार ७४ मत पाएका छन् ।
उता उपमेयरमा भने कांग्रेसले अग्रता कायम राखेको छ । कांग्रेका चित्रसेन अधिकारीले पाँच हजार ४८२ मत पाएका छन् भने एमाले-राप्रपा गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले तीन हजार ७२५ मत पाएकी छन् ।
तपाइँको प्रतिक्रिया