भरतपुरमा जगन्नाथले कटाए दुई हजार मत

चितवन – भरतपुर महानगरपालिकाको मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार मत कटाएका छन् ।
१३ सय ५६५ मतगणना हुँदा उनले दुई हजार ५६ मत प्राप्त गरेका छन् । उनी मेयरका प्रतिस्पर्धीहरु मध्ये तेस्रो स्थानमा छन् ।
भरतपुरको मेयरमा नेकपा एमालेका विजय सुवेदीके नै अग्रता लिईरहेका छन् । उनले चार हजार ६५८ मत प्राप्त गरेका छन् ।
उनलाई माओवादी केन्द्रकी रेनु दाहालले चार हजार ५८८ मतका साथ पछ्याईरहेकी छन् ।
तपाइँको प्रतिक्रिया