भरतपुरमा अघि बढेका विजयलाई पछ्याउँदै रेनु, जगन्नाथको मत पनि बढ्दै

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन् ।
भरतपुर ३ को गणनाबाट अग्रता बनाएका विजयले आफ्नो अग्रता जोगाईरहेका छन् । भरतपुर ३ को गणना सकिएको छ । ताजा परिणाम अनुसार ११ हजार ३२८ मत गणना हुँदा उनले तीन हजार ९४४ मत प्राप्त गरेका छन् ।
भरतपुर २ सम्म अग्रता बनाएकी रेनु त्यसपछि भने पछि परेकी छन् । तीन हजार ८९४ मतसहित उनले विजयलाई पछ्याईरहेका छन् । उनीहरु ५० को मतान्तर छ ।
उता कांग्रेसका बागी जगन्नाथ पौडेलले पनि मत बढाईरहेका छन् । तेस्रो स्थानमा रहेका जगन्नाथले एक हजार ५७२ मत पाएका छन् ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेनले अग्रता फराकिलो बनाईरहेका छन् । हालसम्म उनले चार हजार ४७६ मत प्राप्त गरेका छन् । एमाले-राप्रपा गठबन्धनकी हिमला गुरुङले तीन हजार ७० मत पाएकी छिन् । उनीहरुबीचको मतान्तर एक हजार ४०६ पुगेको छ ।
तपाइँको प्रतिक्रिया