भरतपुरमा एमालेले खाता खोल्यो, वडा नम्बर ३ को अध्यक्षमा थापा निर्वाचित

भरतपुर – भरतपुर महानगरपालिकामा नेकपा एमालेले खाता खोएको छ । भरतपुर ३ को वडाध्यक्षमा नेकपा एमालेका बिकास थापा निर्वाचित भएका हुन् ।
थापा एक हजार ६५६ मत पाउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका भरतपुर लामिछानेले एक हजार ४९ मत मात्रै प्राप्त गरे ।
खुल्ला वडा सदस्यमा नेपाली कांग्रेसका रामबहादुर लोहनी (१३९९) र कांग्रेसकै माधव अर्याल (१३२६) विजयी भएका छन् । यस्तै महिला सदस्यमा एमालेकी कमला देवी बोलखे (१२५०) र दलित महिला सदस्यमा कांग्रेसकी सुकमाया परियार (१४३५) विजयी भएका छन् ।
तपाइँको प्रतिक्रिया