पूर्वी चितवनको रत्ननगर २ मा कांग्रेसको प्यानल विजयी

चितवन – चितवनको रत्ननगर नगरपालिका २ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजन घिमिरेसहितको प्यानल विजयी भएको छ ।
घिमिरे ९२९ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका कृष्णप्रसाद डोटेललाई २६९ मतान्तरले पछि पारे । डोटेलले ६६० मत प्राप्त गरे ।
खुल्ला वडा सदस्यमा नेपाली कांग्रेसका नरेन्द्र श्रेष्ठ (८४८) र संजिवप्रसाद पौडेल (८३६) तथा महिला सदस्य रमा भट्टराई (८६६) र दलित महिला सदस्य राधादेवी विश्वकर्मा (९३९) विजयी भए ।
तपाइँको प्रतिक्रिया