भरतपुर महानगर अपडेट : १०२०६ मत गणना हुँदा फेरी रेनु दाहालको अग्रता
चितवन – भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फेरी नेकपा एमालेका विजय सुवेदीलाई उछिनेकी छन् ।
रेनु र विजयको टक्कर पर्दै गएको छ । उनले सुबेदीलाई ४ मतको अग्रता लिएकी हुन्
पछिल्लो परिणाम अनुसार १०२०६ मत गणना हुँदा रेनुले ३५७८ मत प्राप्त गर्दै अग्रता लिएकी छन् । निकटतम प्रतिद्धन्दी विजयले ३५७४ मत पाएका छन् । यस्तै कांग्रेसका बागी जगन्नाथ पौडेलले १३६० मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा काङ्ग्रेस चित्रसेन अधिकारीले ४०४३ र राप्रपाबाट हिमला गुरुङ्ग २८१६ मत प्राप्त गरेकी छन्
वडा ३ मा अध्यक्ष (सूर्य) विकास थापा १०७६ र (रुख) भरत लामिछानेले ६९० मत प्राप्त गरेका छन् ।
तपाइँको प्रतिक्रिया