भरतपुर अपडेट : विजय सुवेदी भन्दा रेनु दाहाल ३ मतले अगाडि

भरतपुर – भरतपुर महानगरपालिका वडा नम्बर १ र २ को गणना सकिएको छ ।भरतपुर १ र २ को अहिले सम्म ८०८५ मत गणना सकिएको छ । ८०८५ मत गन्दा ५ दलिय गठबन्धन उमेदवार रेनु दाहालको अग्रता देखिएको छ । रेनुले अहिले सम्म २९१८ मत पाएकी छन् ।
त्यस्तै एमाले -राप्रपा गठबन्धनको उमेदवार विजय सुबेदीले २९१५ मत पाएका छन् ।नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गर्दै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलको ९२४ मत आएको छ ।
त्यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ३१९६ र राप्रपाबाट हिमला गुरुङले २३१६ मत ल्याएकी छन् ।
वडा नम्बर २ मा गठबन्धनको तर्फ बाट नेपाली कांग्रेस उमेद्वार मनोज रानाभाट विजयी भएका छन् ।कांग्रेस उमेद्वार मनोज रानाभाटले नेकपा एमाले उमेद्वार कृष्ण केसीलाई पक्छी पार्दै वडाध्यक्षमा जित हात पारेका हुन् । मनोज रानाभाटले खसेको ४८०८ मतमा २१०५ मत पाएर विजयी भएका हुन् । एमाले उमेद्वार कृष्ण केसीले २०५८ मत पाएका थिए ।
तपाइँको प्रतिक्रिया