धनगढी उपमहानगरमा स्वतन्त्र उमेदवार गोपाल हमालको अग्रता

धनगढी – सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उमेदवार गोपाल हमालले सुरुआती अग्रता लिएका छन् ।
३०० मतगणना हुँदा हमालले १४३ मत पाएका छन् । यस्तै सत्तारुढ गठबन्धनबाट कांग्रेसका उमेदवार नृपबहादुर वडले ९२ र नेकपा (एमाले)का रणबहादुर चन्दले ११ मत पाएका छन् । हमाल र वडबीच ५१ मतको अन्तर देखिएको छ ।
सर्वदलीय बैठकपछि मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो ।
तपाइँको प्रतिक्रिया