चितवनको इच्छाकामना गाँउपालिकामा एमालेको अग्रता

चितवन – चितवनको इच्छाकामना गाँउपालिकाको प्रारम्भिक मत परिणाम अनुसार एमालले अग्रता लिएको छ । वडा नं. १ को २ सय मत गणना हुँदा मेयरमा एमाले उम्मेदवार दान बहादुर गुरुङले ९४ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट काँग्रेसको गीताकुमारी गुरुङले ८० मत प्राप्त गरेको छ।
उप मेयरमा एमालेको माया सिलवालले ९६ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका प्रताप गुरुङले ८२ मत पाएका छन् । वडाध्यक्षमा एमालेका नन्दलाल गिरिले ९९ मत पाएका छन् भने गठबन्धनबाट माओवादीका सन्त बहादुर रानाले ८९ मत पाएका छन्।
तपाइँको प्रतिक्रिया