वैशाख ३० गते सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं – सरकारले स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै ३० गते सार्वजनिक विदा दिईएको जानकारी दिएको हो ।
सूचनामा भनिएको छ, ‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट २०७९ वैशाख २५ मा निर्णय भएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
तपाइँको प्रतिक्रिया