प्रथम एसईई फुटसलको उपाधि प्रेमबस्ती माविलाई

भरतपुर – भरतपुरमा सम्पन्न प्रथम एसईई कप अन्तर विद्यालय फुटसलको उपाधि प्रेमबस्ती माविले जितेको छ ।
आज (शनिबार) सम्पन्न फाइनलमा अंकुरम एकेडेमीलाई पराजित गर्दै प्रेमबस्ती मावि च्याम्पियन बनेको हो । चितवन फुटसल एण्ड स्पोर्टस जोनमा भएको फाइनलमा प्रेमबस्ती माविले अंकुरमलाई ४-३ ले हरायो ।
च्याम्पियन प्रेमबस्ती माविले नगद १२ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता अंकुरमले ८ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
प्रेमबस्ती माविका अशोक टाडी प्रतियोगिताभरको उत्कृष्ट खेलाडी चुनिए । सोही विद्यालयका आशिष सुनार सर्वाधिक गोलकर्ता बने भने अंकुरमका सुजल तामाङ उत्कृष्ट गोलकिपर घोषित भए । उनीहरुले जनही एक-एक हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरे ।
टु ब्रदर्स स्पोर्टस एण्ड स्काउट कलेक्सनको आयोजनामा भएको फुटसलमा बिभिन्न विद्यालयका २० टोली सहभागी थिए ।
तपाइँको प्रतिक्रिया