जुगेडी गणेशबहादुर स्मृति फुटबलको फाइनलमा

भरतपुर – जु एफसी भरतपुर २९ जुगेडी भरतपुरमा जारी पाचौं स्वर्गीय गणेशबहादुर स्मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आज (शुक्रवार) भएको पहिलो सेमिफाइनल खेलमा आयोजक नारायणी मोटर्स युनिक क्लब ‘बी’ लाई २-१ ले पाखा लगाउदै जुगेडी उपाधि नजिक पुगेको हो ।
जुगेडीको जितमा सुमित श्रेष्ठ र अनुप भण्डरीले गोल गरे । युनिकका जय श्रेष्ठले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तिनै गोल दोस्रो हाफमा सम्भव भयो । दोस्रो हाफको २० औं मिनेटमा सुमितको गोलबाट जुगेडीले अग्रता लियो । २४ औं मिनेटमा अनुजले जुगेडीको अग्रता दोब्बर बनाए । ३१ औं मिनेटमा युनिकका जयले गोल फर्काए पनि जुगेडीलाई रोक्न सकेनन् । जुगेडिका अनुज म्यान अफ दि म्याच भए ।
यस अघि सौराहा युवा समाज र टाईगर युवा क्लबबीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण स्थगित भयो । उक्त खेल शनिबार दिउँसो २ बजे हुनेछ ।
भरतपुर ११ कैलाश टोलमा जारी प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ६० हजार प्राप्त गर्नेछन्। सर्वोकृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, स्ट्राईकर, उच्च गोलकर्ता तथा उदयमान खेलाडीले नगद तीन-तीन हजार प्राप्त गर्नेछन् ।
तपाइँको प्रतिक्रिया