भरतपुर – भरतपुर महानगरका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले अबको ५ बर्षमा भरतपुरको बिकासले तपाई हामीले नसोचेको फड्को मार्ने बताए । पार्टीको सिद्धान्त भन्दा माथी उठेर र राजनीति भन्दा बाहिर रहेर बैशाख ३० गतेलाइ उत्सबको रुपमा मनाउन उनले मतदातहरु सग आग्रह गरे ।
भरतपुर ६ मा पाँचदलीय गठबन्धनको सम्पर्क कार्यालय तथा घरदैलो कार्यक्रमको शुभारम्भ गर्दै उनले आफू निर्वाचित भए पाँच वर्षको कार्यकालमा निकै मिहिनेतका साथ महानगरलाई सबल र सक्षम बनाउनेमा कुनै शका नगर्न सबैमा आग्रह गरे । भरतपुरमा धेरै कामको शुभारम्भ भएको र त्यसको पूर्णताका लागि गठबन्धनको जित आवश्यक रहेको अधिकारीले बताए ।
त्यस्तै भरतपुर ८ को सल्यानी टोलमा भएको घर दैलो कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले भरतपुर ८ का आमजनतालाइ गठबन्धनको पक्षमा मतदान गर्ने अनुरोध गरे । तपाईहरु हामिलाइ मतदान गर्नुस हामी तपाइहरुलाइ बिकासले दान गर्ने छौ ।
अधिकारीले भने मुलुकमा जब समस्या आउछ, समस्याको समाधान गर्न नेपाली कांग्रेस सहितको पाँच दलको आबश्यकता पर्छ । त्यही भएर अहिले गठबन्धन भएको भन्दै प्राप्त उपलब्धिको रक्षाका लागि पुनः सबै एक ठाउँ आउनु पर्छ । घर घर जाउ गठबन्धनलाइ जिताउ भन्ने अभियान निरन्तर रुपमा जारी रहने बुझिएको छ ।