हामी गठबन्धनप्रति प्रतिबद्ध छौँ : प्रल्हाद सापकोटा

एटुजेड समाचार

रत्ननगर – रत्ननगरमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उमेदवार प्रल्हाद सापकोटाले नेपाली कांग्रेस गठबन्धनप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

वडा बाँडफाँडमा कुरा नमिल्दा गठबन्धन दलभित्र खटपट देखिएका बेला मेयर पदमा उमेदवार सापकोटाबाट यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले मेयर र उपमेयरका सबालमा गठबन्धन सही दिशातर्फ चलिरहेको भन्दै वडागत रुपमा पनि गठबन्धनको मर्म र भावनाअनुसार चल्न कांग्रेस तयार रहेको बताए ।

‘हामी गठबन्धनप्रति प्रतिबद्ध छौँ’, उनले भने यसलाई सार्थक बनाउने कुरामा दलहरु लागेका छन् ।’ उमेदवार सापकोटाले पाँच वर्षमा एमाले सरकारले गर्न नसकेका काम पूरा गर्ने उद्देश्यका साथ आफूहरु चुनावी मैदानमा होमिएको बताए ।

नगरमा रोजगारी सृजना गरी युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने आफ्नो प्रमुख उद्देश्य रहेको उनले बताए । उनले कृषि र पर्यटनको विकास गरी रोजगारी सृजना गर्ने बताए ।

कृषिलाई आधुनिकीकरण गर्दै सौराहाको पर्यटनको विकासको लागि पूर्वाधार निर्माण र सेवाको गुणस्तर विकासमा ध्यान दिने बताए । कार्यक्रममा स्टेरिङ कमिटीका संयोजक भेषराज दुवाडी, सदस्य उमेश गिरी, आर्थिक समिति संयोजक भेषराज दुवाडी, सुरेशचन्द्र आचार्यलगायतले मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू