काँग्रेस–माओवादीले एक अर्काको झण्डा बोकौं, गठबन्धन कसिलो हुन्छ : काँग्रेस सभापति खनाल

एटुजेड समाचार

चितवन – नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले काँग्रेस–माओवादी–एकिकृत समाजबादीले एक अर्काको झण्डा बोक्न आग्रह गरेका छन् ।

भरतपुर महानगरपालिका–२२ को पटिहानीमा पाँच दलीय गठबन्धको सम्पर्क कार्यालयको उद्घाटन गर्दै सभापति खनालले त्यस्तो बताएका हुन् ।

नेपालको ईतिहासर विभन्न चरणमा भएका परिवर्तनका मुद्दामा एक पार्टीले अर्को पार्टीको झण्डा बोक्ने गरेको स्मरण गरे । उनले ०४६ सालमा भएको अन्दोलनका क्रममा पनि त्यस बेलाका पार्टीले यो झण्डा मेरो पार्टीको, यो झण्डा अर्काको पार्टीको नभनेको उल्लेख गरे ।

त्यस्तै ०६३ सालको जनआन्दोलनमा एक पार्टीले अर्को पार्टीको झण्डा बोकेकै कारण देशमा संघिय गणतन्त्र स्थापना भएको खनालको भनाई छ । केपी ओली सरकारले नेपालको संविधानलाई निमोठ्न खोजेपछि अहिलेको बाम–लोकतान्त्रिक गठबन्धको स्थापना भएको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू