भरतपुरमा सत्ता गठबन्धनको एक हजार एक सदस्यीय युवा परिचालन समिति गठन

एटुजेड समाचार

भरतपुर – आसन्न स्थानीय तह निर्वाचनको लागि भरतपुरमा संयुक्त गठन्धनको तरुण, युवा विद्यार्थी परिचालन समिति गठन भएको छ ।

नेपाली कांग्रेस भरतपुर महानगर समितिका उपसभापति विजय घलेको अध्यक्षतामा आज (सोमबार) बसेको बैठकले एक हजार एक सदस्यीय तरुण युवा विद्यार्थी परिचालन समिति गठन गरेको हो ।

समितिको संयोजकमा नेपाल तरुण दल भरतपुर महानगर समिति सभापति चित्रबहादुर राना रहेका छन् । यस्तै सह संयोजकमा नेकपा माओवादी केन्द्रबाट दिवाकर राज श्रेष्ठ रहेका छन् ।

समितिले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा संयुक्त गठबन्धनका उम्मेदवारलाई जिताउन तरुण, युवा तथा विद्यार्थी परिचालन गर्नेछ । गठित समितिलाई निर्वाचन केन्द्रीत गतिविधिमा लाग्न निर्देशन दिईएको कांग्रेस भरतपुरका उपसभापति घलेले बताए ।

स्थानीय तहको निर्वाचनमा पाँच दलित गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेन दाहाललाई उम्मेदवार बनाएको छ । यस्तै उपमेयरमा सत्ता गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारी चुनावी मैदानमा उत्रिदैछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू