उद्योग वाणिज्य संघ–चितवनमा व्यवसाय प्रवद्र्धनमा सुचना प्रविधि विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उवासंघ चितवन र कम्प्यूटर एशोसियसन अफ नेपाल चितवनको संयुक्त आयोजना तथा राष्ट्रि सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा आज (सोमबार) उक्त कार्यक्रम भएको हो ।
कार्यक्रमा बोल्दै उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायलाई सुचना प्रविधिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । श्रेष्ठले अवको व्यवसाय प्रवद्र्धन हार्डवर्कीङ्गको जमानाबाट नेटवर्कीङ्गको जमानामा प्रवेश गरिसकेकोले प्रविधि र व्यवसायलाई जोडिनुपर्ने उनको धारणा थियो ।
उनले अहिलेको बजार बृहत भएको बताउँदै प्रतिस्पर्धात्मक रुपमा आफ्नो व्यवसायलाई प्रविधिमैत्री बनाउन व्यवसायीलाई अनुरोध गरे । कम्प्यूटर एशोसियसन अफ नेपालका कार्यकारीणी सदस्य भानु शर्माले अवको व्यवसाय बीटुसी नभएर डिटुसी हुनुपर्ने धारण राखे ।
कार्यक्रममा साइबर कानुनका विज्ञ राजनराज पन्त र कम्प्यूटर एशोसियसन महासंघका सदस्य ई. कृष्ण पोखरेलले व्यवसाय प्रवद्र्धन र सुचना प्रविधि विषयमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उवासंघ चितवनका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदी, तृतिय उपाध्यक्ष शिरिष पन्त, क्यानका वागमती प्रदेश उपाध्यक्ष विष्णुप्रसाद लामिछाने तथा करिब ८० जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।