आयोगद्धारा केशव स्थापितसँग चौबिस घण्टे स्पष्टीकरण माग

एटुजेड समाचार

काठमाडौं – निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ। आयोगले आज (सोमबार) एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो।

‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज स्पटीकरण मागेको छ। चौबिस घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छौं,’ निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाका सहसचिव यज्ञ भट्टराईले भने।

केही दिनअघि स्थापितले धुम्बाराइस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवकारलाई लिएर स्पटीकरण सोधिएको उनले बताए।

कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन’ भन्ने जवाफ फर्काएका थिए । त्यसपछि स्थापित थप विवादमा तानिएका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू