भरतपुरसहित ६ महानगरका लागि मतपत्र छाप्न सुरु

एटुजेड समाचार

भरतपुर – भरतपुरसहित देशभरका ६ महानगरपालिकाका लागि मतपत्र छपाई सुुरु भएको छ । निर्वाचन आयोगले देशका ६ महानगरपालिका र भक्तपुर जिल्लामा रहेका नगरपालिकाहरुका लागि मतपत्र छपाई सुुरु गरेको हो ।

आज (आइतबार) आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र छपाईको काम अन्तिम चरणमा पुगेको बताए ।

यसैबीच महानगरपालिकाका लागि छपाई भइरहेको मतपत्रमा कुनै दलले कुनै वडामा मात्र उम्मेदवार दर्ता गरेको भएपनि सो दलको चिन्ह प्रमुख पददेखि वडा सदस्यसम्मको लहर छापिने जानकारी दिए । आयोगले सामाजिक सञ्जाल दुरुपयोग भए नभएको हेर्न आइटी टिम बनाएको र अनुगमनको काम भइरहेको उनले बताए ।

फेसबुक, ट्वीटर, भाइबर, गुगलका कार्यालयसँग सम्पर्क गर्ने प्रयास गरिएको उनले जानकारी दिए । उनका अनुसार भारतको नयाँ दिल्ली, अमेरिकाको वासिङ्टन डिसी, चीनको बेइजिङलाई अनुरोध गर्ने र त्यहाँ रहेका दूतावासले समन्वय गर्न परराष्ट्र मन्त्रालय मार्फत निर्देशन दिइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू