चितवन – चितवनमा क्रान्तिकारी माओवादीका नौं नेता पक्राउ परेका छन् । प्रहरीले नारायणगढको पुल्चोकबाट क्रान्तिकारी माओवादीका नौं जना नेतालाई पक्राउ गरेक्को हो ।
पक्राउ पर्नेहरुमा अटल, विकास, केन्द्रीय सल्लाहकार दिवाकर न्यौपाने, अमृत चापागाइँ, हकिृष्ण खनाल, मधु बजगाई, प्रेम कँडेल र मिलन श्रेत्री रहेका छन् । उनीहरुलाई आज दिउँसो अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा आयोजित प्रदर्शनबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले निर्वाचन विरोधी नाराबाजी गरेकोले उनीहरुलाई पक्राउ गरिएको बताएका छन् ।