खैरहनीमा बाघको आक्रमणबाट ६५ वर्षीय पुरुषको मृत्यु

एटुजेड समाचार

चितवन – खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्‍यु भएको छ । आज आइतबार बिहान ८ बजेको समयमा पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नं १३ बैरियाका ६५ वर्षीय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यल्य चितवनले जनाएको छ ।

बाघको आक्रमण भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुमरोज र इप्रका खैरहनीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोलीले राष्ट्रिय निकुञ्ज र नेपाली सेनासँग समन्वय गरी हात्तीसहितको टोली सो वनभित्र खोजतलासको लागि खटिएको थियो ।

टोलीले बाघले आक्रमण गरेको स्थानभन्दा अन्दाजी एक किलोमिटरभित्र आइतबार बिहान १० बजेको समयमा घाँटीमा चोट लागी दाहिने खुट्टाको तिघ्रा भागमा खाएको अवस्थामा दाहालको शव फेला पारेको र हाल घटनास्थलमा लास जाँच मुचुल्काको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू