झापा – झापाका दुई पालिकाबाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएकी मेचीनगर नगरपालिका–११ का रञ्जिता नेपाली रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यसैगरी नेपाली काँग्रेसबाट कचनकवल गाउँपालिका–४ की दलित महिला वडा सदस्य विजुली दास निर्विरोध निर्वाचित भएका छन् । उनी दुवै जनाका प्रत्यासी उम्मेदवार नभएका कारण निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए ।
दलित महिला सदस्य निर्विरोध
त्यस्तै तनहुँको देवघाट गाउँपालिकास्थित एक वडामा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएकी हुन्।उक्त वडाको दलित महिला सदस्यमा मनमाया विकको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिइन् । उनले नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराएकी हुन् । एकल उम्मेदवारी परेकाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न बाँकी रहेको थापाले बताए ।रासस