देवघाटमा एक दलित महिला सदस्य निर्विरोध

एटुजेड समाचार

दमौली – तनहुँको देवघाट गाउँपालिकास्थित एक वडामा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएकी हुन् ।

उक्त वडाको दलित महिला सदस्यमा मनमाया विकको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिए । उनले नेपाली कांग्रेसबाट उमेदवारी दर्ता गराएकी थिइन् । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु