काठमाडौंको मेयरका उम्मेदवार बालेनको चुनाव चिन्ह ‘लौरो’

एटुजेड समाचार

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले लौरो चुनाव चिन्ह पाएका छन् ।

आज (शनिवार) आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो । साहको आधिकारिक चुनाव चिन्ह लौरो भएको छ ।

यसअघि सामाजिक सञ्जालमा उनको चुनाव चिन्ह खसीको टाउको भन्दै प्रचार गरिएपनि सो मिथ्या सूचना हो । चुनाव चिन्ह पाएसँगै साह लौरो चिन्ह लिएर चुनावी प्रचारमा निस्किएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू