चितवनको चुम्लिङटारमा ट्याक्सी र ट्रक एक आपसमा ठक्कियो, पाँच घाइते

एटुजेड समाचार

चितवन – चितवनको इच्छाकामना ट्याक्सी र ट्रक एक आपसमा ठोक्किएको छ । आज (शनिबार) बिहान ९:५० बजे ईच्छाकामना गाउँपालिमा ३ चुम्लिङटार स्थित पृथ्बी राजमार्गमा मुग्लिङबाट काठमाण्डौं तर्फ जादै गरेको ना ६ ख-१२१८ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउदै गरेको बा १ ज ११९ नम्बरको ट्याक्सी एक आपसमा ठक्कर खाएको हो ।

दुर्घटनामा परि ट्याक्सी चालक सहित ट्याक्सिमा सवार पाँच जना घाईते भएका छन् । घाइते हुनेहरुमा ट्याक्सी चालक मकवानपुरको बागमती गाउँपालिका ९ का ३५ वर्षीय लिलाराम भुलन, सोही स्थानका ४५ वर्षीय कुमार सिह घलान, ४६ वर्षीय नानीमाया तामाङ, दोलखा गौरीशंकर गाउँपालिका ९ बस्ने ५२ वर्षीय सतमान तामाङ र सोही स्थानका ४२ वर्षीय समय तामाङ घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागी काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको चा । दुबै सवारी साधन र ट्रक चालक प्रहरी चौकी ईच्छाकामनाको नियन्त्रणमा रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू