भरतपुरस्थित एक घरको धन्सारमा आगलागी, दुई लाखको क्षति

एटुजेड समाचार

भरतपुर – भरतपुर महानगरपालिका ११ स्थित एक घरको धन्सारमा आगलागी भएको छ । शुक्रबार राति १० बजे भरतपुर ११ ज्ञानज्योति टोलस्थित बिष्णु बिडारीको घरको धन्सारमा आगलागी भएको हो ।

धन्सारमा बस्दै आएका भारत रक्सौलका ज्वाला ठाकुर खाएर सुति रहेको अवस्थामा आचानक आगोलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगलागीबाट धन्सारमा रहेको अन्न पात,पराल,भाडा वर्तन जलेर नष्ट हुनुको साथै एउटा ग्यास सिलिण्डर पड्किएर क्षती पुगेको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब दुई लाख बराबरको क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागीबाट कुनै मानविय तथा चौपाया क्षति पुगेको छैन । प्रहरी बिट भोजाड र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली, स्थानिय नागरिक र दमकलको सहयोगमा राति २२:५० बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू