चितवनमा स्कारपियो र बस एक आपसमा ठक्किदा ६ यात्रु घाइते

एटुजेड समाचार

चितवन – चितवनको इच्छाकामना गाउँपालिकामा स्कारपियो र बस एक आपसमा ठक्किदा ६ यात्रु घाइते भएका छन् ।

आज (शनिबार) बिहान ९:३० बजे ईच्छाकामना गाउँपालिका ४ कुरिनटार स्थित पृथ्बीराज मार्गमा ना ५ ख ६६४१ नम्बरको बस र प्र ३-०१-०२२च०३९५ नम्बरको स्कारपियो एक आपसमा ठक्किएको हो ।

दुर्घटनामा परि स्कारपियो चालक काठमाडौं ३१ का ३२ वर्षीय भोज थापा,
स्कारपियोमा सवार सोही स्थानका बस्ने ४७ वर्षीय युवराज पौडेल, ३४ वर्षीया भवानी ज्ञावली, ३५ वर्षीय रमेश पौडेल, ३८ वर्षीय प्रकाश पौडेल र ३७ वर्षीय राजेन्द्र पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मुग्लिङबाट काठमाडौं तर्फ जादै बस र बिपरीत दिशाबाट आउदै गरेको स्कारपियो एक आपसमा ठक्कर खाएको हो । दुबै सवारी साधन र बस चालक प्रहरी चौकी ईच्छाकामना कुरीनटारको नियन्त्रणमा रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु