भरतपुर – भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिन्ह भुईकटहर पाएका छन् ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले पौडेललाई चुनाव चिन्ह ‘भुईकटहर’ प्रदान गरेको हो । कार्यालयले आज (शनिबार) सबै स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो ।