स्थानीय निर्वाचन : भरतपुरका उम्मेदवारहरुले आज चुनाव चिन्ह पाउँदै

एटुजेड समाचार

चितवन – बैशाख ३० गते हुने स्थानीत तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाका उम्मेदवारहरुले आज (शनिबार) चुनाव चिन्ह पाउँदै छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले अन्तिम नामावली प्राकाशन भएका उम्मेदवारहरुलाई चुनाव चिन्ह दिने भएको हो । बिहान ११ बजेबाट चुनाव चिन्ह दिईने कार्यालयले जनाएको छ ।

शुक्रबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको थियो । जस अनुसार एक सय ८२ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

कार्यालयका अनुसार भरतपुरको मेयर र उपमेयर पदमा समान तीन-तीन जना, वडाध्यक्षमा २८, सदस्यमा ७९, महिला सदस्यमा ३८ र दलित महिला सदस्यमा ३१ जनाले नाम फिर्ता लिएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू