चितवन – नेपाल टेलिकम वर्कस यूनियन भरतपुरको अध्यक्षमा सुरेश अधिकारीको निर्वाचित भएका छन् ।
नेपाल टेलिकम भरतपुरको वर्कस इकाई दशौं इकाई अधिवेशनले अधिकारीको नेतृत्वमा सात सदस्यीय नयाँ समिति निर्विरोध चयन गरेको हो । अधिवेशनबाट सचिवमा लिला कट्टेल पौडेल र कोषाध्यक्षमा गंगा प्रसाद न्यौपाने निर्वाचितन भएको निर्वाचन अधिकृत गेहेन्द्र सुवेदीले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष अधिकारीले जनताको सेवासंगै कर्मचारीको हितका लागी काम गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल टेलिकम भरतपुरका प्रमुख नविनकुमार मिश्रले जनताको सेवका लागी संधै तत्पर रहने गरी काम गर्न आग्रह गरे । कार्यक्रम ईकाई अध्यक्ष शर्मिला खनाल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।