चितवन – चितवन ग्रिन लायन्स क्लबको अध्यक्षमा सन्तोष खनाल निर्वाचित भएका छन् । चितवनको इच्छाकामना गाँउपालिकामा सम्पन्न क्लबको ८ औं साधाणसभा तथा अधिबेसनबाट बर्ष २०२२/२३ का लागि खनाल निर्वाचित भएका हुन् ।
त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा समुन्द्र अर्याल, द्धितीय उपाध्यक्षमा बिनोद प्रधान, तृतीय उपाध्यक्षमा शरण लामिछाने चयन भएका छन्।
यस्तै क्लबको सचिवमा ई. रोशन पौडेल, कोषाध्यक्षमा बिजय शर्मा चयन भएका छन् ।
क्लबका नव निर्वाचित अध्यक्ष खनालले सेवामूलक काममा नै क्लबलाई अघि बढाउने बताए । २०१४ सालमा स्थापना भएको यस क्लबले बिशेष गरी शिक्षा, स्वास्थ एवं बाताबरण सम्बन्धी काम गर्दै आएको बताउदै थप रचनात्मक काम सहित सोही कार्यलाईनै निरन्तरता दिँदै अगाडि बढ्ने समेत बताए ।