चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका ३ कि सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरूत्साहन मुद्दा खेपेका सचिन भनिने सुकदेव भण्डारीले सफाई पाएका छन् । सुजितालाई आत्महत्या गर्न वाध्य बनाइएको भन्दै उनले जेठाजु (सुजिताको ठुलोबुवा) का छोरा सुकदेवविरुद्ध जाहेरी दिएकी थिईन् ।
न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले सुकदेवलाई सफाई दिएको हो । सुजिता मृत्यु प्रकरणमा उनकै ठूलोबुवाका छोरा सुकदेवविरुद्ध साउन ६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनको जाहेरी परेको थियो ।
काठमाडौँमा रहँदा दाजुबहिनीबीच गहिरो प्रेम सम्बन्ध रहेको र बहिनीले असार ९ गते बिहे गर्न भनेकोमा आफूले हुन्न भनेको सचिनले अदालतमा गरेको बयानमा उल्लेख छ । ‘हामीबीच प्रेम सम्बन्ध हो, तर हाडनाताको सम्बन्धमा बिहे गर्न हुन्न भनेँ, उनले मर्छु भनिन् । मैले जेसुकै गर भनेँ, पछि थाहा भयो, उनी विष सेवन गरेर मरिछन्’, सचिनले बयानमा भनेका छन् ।
चितवन अदालतका न्यायधिस प्रकाश कुमार अधिकारीको इजलासले सुकदेवसँग साउन ३२ गते ५० हजार धरौटी माग गरेको थियो । तर धरौटी रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको थियो ।
राप्ती–३ की २३ वर्षीया सुजिताको आत्महत्या दुरूत्साहनका कारण मृत्यु भएको भनी चितवन प्रहरीमा जाहेरी परेको थियो । घटनाको दोषी आफ्नै ठूलाबुबाको छोरा सचिनलाई बनाई सुजिताकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
गत असार ११ गते हराएकी सुजिताको शव २० गते आइतबार दिउँसो ब्रम्स्थानी सामुदायीक वनमा भेटिएको थियो । प्रहरीले शवसँगै पतेरा मार्न प्रयोग हुने बिषादीको बोतल, झोला र उनले प्रयोग गर्ने गरेको मोबाइल फेला पारेको थियो।
२१ गते प्रहरीले शव पोष्टमाटमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवी शिक्षण अस्पताल पठाएको थियो । पोष्टमाटममा सुजिताको शरीरमा कुनै पनि किसिमको चोटपटक नदेखिएपछि प्रहरीले प्रेमसम्बन्धकै कारण सुजिताले आत्महत्या गरेको निष्कर्ष निकालेको थियो ।
प्रहरीको अनुसन्धानका क्रममा सुजिता र सुकदेव लामो समयदेखि प्रेम सम्बन्धमा रहेको खुलेको थियो । असार ९ गते सुजिताले सुकदेवलाई विवाह गर्न प्रस्ताव गरे पछि सोही बिषयमा दुईबीच विवाद भएको थियो । विवाह नगरे सुजिताले मर्ने धम्की दिएको र सुकेदेवले जे सुकै गर भनेका थिए । त्यसपछि ११ गते घरबाट निस्किएकी सुजिता २० गते मृत फेला परेकी थिईन् ।
के हो घटना ?
गत असार ११ गते बिहान ६ बजे सुजिता साथिको घरमा तरकारी लिन भनी घरबाट निस्किएकी थिईन् ।सुजिताकी दिदी कबिताले प्रहरीलाई दिएको जानकारी अनुसार दिदी (कबिता) बहिनी (सुजिता) र भाई सँगै सुतेका थिए । सुजिता बिहान उठेर कसैलाई थाहा नदिई घरबाट निस्किएकी थिईन् । घरबाट बिहानै निस्किएकी सुजिताले केही बेरपछि दिदीलाई फोन गरेकी थिईन् ।
कबिताको मोबाइल चार्जमा राखेकोले फोन उठ्दैन । कबिताको मोबाइलमा ६,७ पटकसम्म पुरै घण्टी बजेको थियो । केही बेरमा बहिनीको मिस्डकल देखेपछि कबिताले सुजितालाई फोन गरेकी थिईन् । कबिताले फोन गरेपछि सुजिताले आफु अपहरणमा परेको र आफ्नो आँखामा पट्टी बाँधिएको, स्प्रे छर्किएको भनेर जानकारी गराएकी थिईन् । ।
बहिनीले अपरणमा परेको भनेपछि सोही दिन कविताले ईलाका प्रहरी कार्यालय टाँडीमा टेलीफोन मार्फत घटनाको बारेमा जानकारी दिईन् । सोही दिन कविताले लिखित जाहेरी समेत दिईन् । जाहेरीपछि प्रहरीले अनुसन्धान सुरु गर्यो ।
खोजतलासका क्रममा असार ११ गते हराएकी सुजिताको शव २० गते आइतबार दिउँसो ब्रम्स्थानी सामुदायीक वनमा भेटिएको थियो । प्रहरीले शवसँगै पतेरा मार्न प्रयोग हुने बिषादीको बोतल, झोला र उनले प्रयोग गर्ने गरेको मोबाइल फेला पारेको थियो। २१ गते प्रहरीले शव पोष्टमाटमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवी शिक्षण अस्पताल पठाएको थियो ।
पोष्टमाटममा शरीरमा कुनै पनि किसिमको चोटपटक नदेखिएपछि सुजिताले आत्महत्या गरेको प्रहरीको निष्कर्ष थियो । प्रहरीको अनुसन्धानका क्रममा सुजिताको सुकदेवसँग प्रेम सम्बन्ध रहेको देखिएको थियो । सुजिताको साउन ४ गते देवघाटमा अन्त्येष्टि गरिएको थियो ।
यस्तो थियो सुजिता र सुकदेवको सम्बन्ध
सुजिता भण्डारी र झापाको झापा गाउँपालिका ६ शरणामतिका सचिन भन्ने सुकदेव भण्डारी नाताले दाजु बहिनी । सुजिता सुकदेवको कान्छो काकाकी छोरी । नाताले दाजु बहिनी भए पनि यि दुईको सम्बन्ध यतीमा मात्रै सीमित थिएन । बिगत केही समयदेखि सुजिता र सुकदेव प्रेम सम्बन्धमा थिए ।
यि दुईको सम्बन्धमा बारे परिवार पनि जानकार थियो । धेरै पटक परिवारले सचेत समेत गराएका थिए । सुकुदेव र सुजिता काठमाडौं गई एक साथ बस्ने योजनामा थिए । चितवनबाट दिदीको घर काठमाडौं जान्छु भनेकी सुजिताले केही समय दिदीको घरमा बसेर सुकदेवलाई तुरुन्त कोठा खोज्न दबाब दिएकी थिईन् । सुकदेवले कोठा खोजेर उनीहरु सँगै बसेको समेत अनुसन्धानले देखाएको थियो ।
केही समय एकअर्कासँग बसेपछि सुजिताले सुकदेवलाई विवाह गर्न दबाब दिएको पनि अनुसन्धानमा खुलेको छ । विवाह गर्न सामाजिक तथा नैतीक कठिनाई हुने भएपछि सम्भव भएसम्म बिदेश जाने उनीहरुको योजना थियो । तर सम्भव नभए एक आपसमा अपहरणमा परेको बहाना बनाई कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएका थिए ।
असार ९ गते सुजिताले सुकदेवलाई विवाह गर्न प्रस्ताव गरे पछि सोही बिषयमा दुईबीच विवाद भएको देखिन्छ । विवाह नगरे सुजिताले मर्ने धम्की दिएको र सुकेदेवले जे सुकै गर भनेको प्रहरीको अनुसन्धानले देखाएको थियो । त्यसपछि यि दुईबीच सम्पर्क नभएको र उक्त घटना घटेको हो ।