पत्रकारले आचारसंहिता पालना गरी समाचार लेख्न आग्रह

एटुजेड समाचार

चितवन – निर्वाचनको प्रचार प्रसारका क्रममा पत्रकारले आचारसंहिता पालना गरी समाचार लेख्नु पर्ने बताईको छ । आज (विहिबार) नेपाल पत्रकार महासंघ चितवनको आयोजनामा भएको स्थानीय तह निर्वाचन २०७९ पत्रकारहरुले पालना गर्नुपर्ने आचार संहिता अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले आचार संहिताको पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताएका हुन ।

सहभागीहरुले पत्रकारहरुले महासंघको आचार संहिता कार्यान्वमात्रै पनि निर्वाचन आचारसंहिता पालना गरे भन्दा राम्रो र प्रभावकारी हुने उनीहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले आचार संहिता नैतिकताको हांगो भएको बताए । उनले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढे पछि पत्रकारीता क्षेत्र ओझेलमा परेको भन्दै उनले अहिले खोजमुलक समाचारको आबश्यकता रहेको बताए ।

उनले भने, “निर्वाचनलाई शान्त र भए रहित वनाउनका लागि पत्रकारहरुको अहम भूमिका हुन्छ ।” त्यसमा पत्रकारहरुले पनि आचार संहितको पालना गर्नुपर्ने उनले बताए । बिज्ञापन राख्दा कत्रो राख्ने, समाचार लेख्दा समाजलाई असर नगर्ने गरी लेख्न नहुने लगाएतका बिषयमा ध्यान दिनुपर्ने उनले जानकारी दिए ।

अहिलेको समयमा आचार संहिताले सो घोषणालाई प्रथामिकता दिएको उनको भनाई छ । पत्रकारहरुले राजनैतिक दल वा अन्य कोही संघ उपहार वा लाभ लिन नहुने उनले बताए ।

सो अबसरमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले पत्रकारहरुले सरकार, निर्वाचन आयोग, दल र मतदातालाई खवरदारी गर्ने काम पत्रकारहरुको हो ।यी चार निकायको भूमिकालाई महत्व दिनु पत्रकारको कतव्य रहेको उअन्ले बताए ।
अहिले नेपाल पत्रकार महासंघले आचार संहितामाथि टेकेर निर्णय गरेको भन्दै पत्रकारहरु आचारसंहितको बिपरित जान नहुने उनको भनाई थियो ।

नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले निर्वाचनलाई भड्कीलो वनाउन नदिनका लागि पत्रकारहरु लाग्नु पर्ने बताए । निबाृचनमा पत्रकारहरुलाई नियोजित ढङ्गबाट समाचार सम्प्रेषणको छुट नरहेको उनको भनाई थियो ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार रमेश पौडेल, पत्रकार मधुसुदन दवाडी, प्रतिमा शिलवाल, प्रकाश अर्याल, प्रेम कंडेल लगाएतले बोलेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू