काँग्रेस चितवनद्धारा टिकट वितरणमा भएको आर्थिक चलखेलको छनविन गर्न समिति गठन

एटुजेड समाचार

चितवन – चितवन क्षेत्र नम्बर २ मा आसन्न स्थानिय तहको निर्वाचनमा टिकट बितरणमा पैसाको चलखेल भएको गुनासो आए पछि काँग्रेस चितवनले छानविन समिति बनाएको छ ।

काँग्रेस जिल्ला कार्यसमिति चितवनले क्षेत्र नम्बर २ का विभिन्न वडाको टिकट बितरणमा भएको भनिएको आर्थिक चलखेल र अनियमितता छानबिनका लागि निवर्तमान जितनारायण श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन भएको हो ।
गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा बिहिबार बसेको जिल्ला कार्यसमितिको बैठकले छानबिन समिति गठन गरेको हो ।

आर्थिक चलखेल र अनियमितता संबन्धि समाचार सार्बजनिक भएकाले जिल्ला सभापतिको सल्लाहमा छानबिन समिति बनाउन प्रस्ताब गरिएको थियो । जिल्ला सचिव सूर्य अर्यालका अनुसार समितिको सदस्यमा सचिव सूर्य अर्याल र जिल्ला सदस्य ज्ञानेन्द्र गिरि छन ।

छानबिन समितिले यथाशिघ्र प्रक्रिया अघि बढाउने जिल्ला सचिब अर्यालले बताए । टिकट बितरणमा पैसा खाएको भन्दै बिभिन्न वडाका आकांक्षीहरुले क्षेत्रीय सभापतिमाथि आरोप लगाएका थिए । बुधबार सो आरोपको २ नम्बरका क्षेत्रीय सभापति भरत प्रसाद लामिछानेले खण्डन गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु