चितवन – कठिन परिस्थितिबाट गुज्रिरहेकी गायिका समिक्षा अधिकारीको स्टाटसले कलाक्षेत्र तताएको छ । गायिका समिक्षाले फेरि प्रेमका कुरा गरेकी छन् ।
उनले लामो समयपछि सामाजिक सञ्जाल मार्फत प्रेमका कुरा गरेकी हुन् । उनले एक तस्बिरमा साथ फेसबुकमा भावुक पोष्ट गरेकी छन् । जसमा माया गर्ने मानिसका लागि मर्न सक्ने समेत भनेकी छन् ।
उनले आफुले माया गर्ने व्यक्तिका लागि हार्न र मर्न तयार रहेको भाव प्रकट गरेकी छन् । फेसबुकमा उनले लेखेकी छन्, ‘तिमीलाई माया गर्छु रत मर्नसक्छु । मार्न सक्छु । तिम्रो लागि आफैंलाई दुःखमा पार्न सक्छु’ उनले अगाडि लेखेकी छन् ‘तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म । त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’ उनको यो पोष्टलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी हुन थालेका छन् ।